कांग्रेसको महाधिवेशनमा आज १२: ३० बजेदेखि मनोनयन दर्ता सुरु हुने

केन्द्रभाग मिडिया

काठमाडौ ।
नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो मनोनयन दर्ता सुरु हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले १९ असोजमा प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२ :३० बजेदेखि बेलुकी ४ :०० बजेसम्म तोकिएको हो ।

संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९ :३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ भने ९स्३० बजेदेखि १०:३० बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी बिहान ११ :३० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गरिने उल्लेख छ ।

महाधिवेशनका अन्य कार्यक्रमहरू भने यथावत् रहने निर्वाचन समितिकाले जानकारी दिएको छ ।

  • २० आश्विन २०८३, मंगलवार ०७:४३ प्रकाशित