काठमाडौं ।
लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून तथा मानव अधिकार महाशाखा ९कानुन शाखा० ले सूचना प्रकाशित गर्दै गैरहाजिर प्रहरी कर्मचारीलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारणसहित उपस्थित हुन निर्देशन दिएको हो ।
सूचनामा काठमाडौं, तनहुँ, पर्सा, महराजगञ्ज, जाजरकोट, इलाम, पाल्पा, मकवानपुर, इन्द्रदेही, सुर्खेत, कञ्चनपुर, रामेछाप र तनहुँलगायतका स्थानमा कार्यरत वा दरबन्दी रहेका प्रहरी कर्मचारीहरूको विवरण समावेश छ ।
सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित कार्यालयमा उपस्थित नभए कारबाही हुने चेतावनी दिइएको छ ।













