पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृहमन्त्रालय स्रोतले अर्याल पक्राउ परेको जनाएको हो ।

मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।

उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलिसकेको छैन ।यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

  • १० मंसिर २०८३, बिहीबार १२:४१ प्रकाशित