देउवा समूहको महाधिवेशनमा शेखर निकट नेता, कार्यकर्ता सहभागी हुने

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसका नेता शेखर कोइराला निकटका नेता कार्यकर्ता पूर्वसभापति शेरबहादुर देउवाले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी हुने भएका छन् ।

देउवा समूहले समानान्तर रूपमा असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।

संस्थापनले भने यही असोज १८ गते १५ औँ महाधिवेशनको उदघाटन गर्ने बताएको छ । र तल्लो तहका अधिवेशन गरिरहेको छ ।

नेता डा. कोइरालाले पार्टी एक नभएसम्म दुवै तर्फका महाधिवेशनमा सहभागी नहुने बताएका छन् । तर, उनी निकट नेताहरू केही संस्थापनको महाधिवेशनमा सहभागी भएका थिए । केही भने देउवा समूहको महाधिवेशनमा सहभागी हुने तयारीमा छन् ।

डा.कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले केही नेता कार्यकर्ता स्ववीवेकले देउवा समूहको महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

  • १४ आश्विन २०८३, बुधबार १६:२५ प्रकाशित