काठमाडौं।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुझाएको छ । बुधबार उपसमितिले नीतिगत र कानुनी सुझाव तथा सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।
उपसमितिले जेनजी आन्दोलनमा सहभागीहरूको मुद्दा फिर्ता लिएर कारागारबाट थुनामुक्त गर्न सिफारिस गरेको छ । २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा पुर्पक्षका लागि थुनामा रहेकाहरू मध्ये गम्भीर अपराधमा संलग्न बाहेक अरूको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न उपसमितिले सिफारिस गरेको हो ।
सिफारिसबारे समितिले छलफल पनि सरकारलाई निर्देशन दिनेबारे निर्णय लिनेछ ।














