रास्वपा केन्द्रीय समिति बैठक १७ असोजका लागि आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक १७ असोजमा बस्ने भएको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली चमतीस्थित घण्टीघरमा बस्ने छ । १७ असोज दिउँसो ३ बजे बस्ने बैठकमा उपस्थितिका लागि सबै केन्द्रीय समिति सदस्यहरूलाई अनुरोध गरिएको छ ।

बैठकको एजेन्ड भने खुलाइएको छैन ।

  • १४ आश्विन २०८३, बुधबार १४:४० प्रकाशित