कांग्रेस कास्की २ बाट महाधिवेशन प्रतिनिधिमा शंकरप्रसाद बास्तोलाको उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि शंकरप्रसाद बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दै बास्तोलाले आफ्नो राजनीतिक यात्रा पदका लागि मात्र नभई पार्टी र संगठनप्रतिको निरन्तर जिम्मेवारी र प्रतिबद्धताको यात्रा भएको बताए।

उनले अग्रजहरूको अनुभव, त्याग र योगदानलाई सम्मान गर्दै युवा पुस्ताको जोश, ऊर्जा र नवीन सोचलाई पार्टीसँग जोड्ने बताएका छन् ।‘संगठनलाई थप सुदृढ, एकताबद्ध र समयअनुकूल बनाउने अभियानमा म निरन्तर लागेको छ । अझै पनि सक्रिय रहेर देश र नेपाली काँग्रेसका लागि काम गर्नेछु ।’बास्तोलाले भने ।

नेपाली कांग्रेसको वडा तहदेखि राजनीतिक यात्रा सुरु गरेका बास्तोलाले पार्टीको १३ औँ महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका–४ को वडाध्यक्षसमेत भइसकेका छन्।

त्यसैगरी, १४औँ महाधिवेशनमा उनले गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि बढाउने निर्णय गरेको जनाउँदै बास्तोलाले अग्रज, साथीभाइ, शुभेच्छुक तथा क्षेत्रीय प्रतिनिधिहरूको माया, सद्भाव र विश्वासका लागि अपिल गरेका छन्। यही असोज १० गते काँग्रेसको महाधिवशेन प्रतिनिधि चयन गर्ने कार्यतालिका छ ।

  • ८ आश्विन २०८३, बिहीबार १५:०३ प्रकाशित