विद्यार्थीका सिर्जनशील नमुनाको पोखरामा प्रदर्शनी

केन्द्रभाग मिडिया

पोखरा ।

चौधौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रदर्शनी आयोजना गरियो ।कास्की विज्ञान शिक्षक समाजले आयोजना गरेको उक्त प्रदर्शनीमा निजी र सामुदायिक गरी २८ विद्यालयका ३६ विद्यार्थी समूहले भाग लिएका थिए ।

विद्यालय तहका विद्यार्थीलाई सूचनाप्रविधि र नवप्रवर्तनबारे जानकारी दिन प्रदर्शनीको आयोजना गरिएको समाजका अध्यक्ष महेशकुमार प्रधानले जानकारी दिए ।

प्रदर्शनीमा सहभागी विद्यार्थी समूहले निर्माण गरेका फोहरमैला व्यवस्थापन, आधुनिक प्रविधि र स्मार्ट सिटी, स्थनीय प्रविधि र मौलिक नवप्रवर्तनसम्बन्धी नमुना उपकरण तथा सामग्री प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीका उत्कृष्ट समूहलाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो । रासस

  • २ आश्विन २०८३, शुक्रबार १२:०५ प्रकाशित