आज सबैजसो मुद्राको भाउ बढ्यो, कुन मुद्राको भाउ कति ?

केन्द्रभाग मिडिया

पोखरा ।
आज (मंगलबार) अमेरिकन डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो मुद्राको भाउ बढेको छ । विगत केही दिनदेखि लगातार घट्दै आएका सबैजसो मुद्राको भाउ आज बढेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकन डलर १ को खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा छ । हिजो मेरिकन डलर १ को खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा थियो ।

त्यसैगरी युरो १ को खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४८ पैसा छ । हिजो युरो १ को खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३५ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३२ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ४८० रुपैयाँ २८ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २३ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ४८० रुपैयाँ ८९ पैसा थियो ।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९३ रुपैयाँ २७ पैसा बिक्रीदर ३९४ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३९२ रुपैयाँ ३१ पैसा बिक्रीदर ३९३ रुपैयाँ ९० पैसा थियो ।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ ।

  • ८ मंसिर २०८३, मंगलवार ०७:१२ प्रकाशित