ताप्लेजुङको ओलङचुङगोला केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प

केन्द्रभाग मिडिया

पोखरा ।
ताप्लेजुङको ओलङचुङगोलला केन्द्रविन्दु भएर विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ओलङचुङगोलला र तिब्बतको बोर्डरको बीच केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । विहान ७ः१७ बजे गएको भूकम्प ५.६ म्याग्निच्युडको मापन गरिएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यका र पोखरासहित देशका विभिन्न ठाउँमा महसुस भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक कमल बजगाइँले भूकम्पका कारण अहिले विहान ८ः१५ बजेसम्म कुनै क्षति भएको जानकारी नआएको बताए ।

‘विहान भूकम्पले हल्लाएपछि हामीले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसंग सम्पर्क गर्यौं । अझैपनि बुझ्ने क्रम जारी छ । तर, अहिलेसम्म त्यस्तो कुनै क्षतिको भने विववरण प्राप्त गरेका छ्रैनौं’ उनले भने ।

  • ८ मंसिर २०८३, मंगलवार ०८:२२ प्रकाशित