रेवान पोखराको अध्यक्षमा वसन्त गौतम नियुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन ९रेवान० पोखराको अध्यक्षमा वसन्त गौतम नियुक्त भएका छन् । शनिबार भएको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन चयन भए । यस्तै, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा चयन भएका छन् ।

सदस्यहरूमा वैभव पौडेल, भीष्म राज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनिल बहादुर भट्टराई, राज बहादुर भुजेल र वसन्त न्यौपाने निर्वाचित भएका छन् ।

 

  • २८ भाद्र २०८३, आईतवार १२:२६ प्रकाशित