विद्युत् आयोजनाका सुरुङभित्र १२१ जना मात्रै फसेको देखिन्छ : सेना

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट ११ जलविद्युत् आयोजनामा क्षति पुर्‍याए पनि आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार गरेको पत्रकार सम्मेलनमा सेनाका एक अधिकारीले परियोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन भएको भनिए पनि ती सबै सुरुङभित्र नफसेको ब्रिफिङ गरेका हुन् ।

‘परियोजनाले ९ सय हाराहारी सङ्ख्यामा मानिसहरू टनेलभित्र फसेका भनेर भनिए पनि । त्यो सबै सङ्ख्या टनेलभित्र फसेका होइनन्’, ती अधिकारीले भने, ‘टनेलभित्र हाराहारी १२१ जना मात्रै फसेको देखिन्छ ।’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बाढीमा परी ९८३ जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ ।

  • २२ भाद्र २०८३, सोमबार १४:३७ प्रकाशित