लाङटाङ जलविद्युत् आयोजना सुरुङमा फसे २५ बढी मजदुर

केन्द्रभाग मिडिया

काठमाडौं ।

लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेका छन् ।

२० मेगावाट जलविद्युत् आयोजनाको सुरुङमा ती मजदुर फसेको कम्पनीका प्रबन्ध निर्देशक तथा इप्पानका सचिव विजयमोहन भट्टराईले जानकारी दिए ।

उनका अनुसार नदीको सतह भन्दा १ सय मिटरमाथि सुरुङमा काम गर्दै गरेका मजदुर फसेका छन् । उनीहरूको उद्धार हुन सकेको छैन । मोबाइल सम्पर्क समेत हुन सकेको छैन ।

उनका अनुसार आयोजनामा ६० हाराहारी मजदुर काम गरिरहेका थिए । यी सबै कामदारबारे पूर्ण जानकारी आइसकेको छैन ।

  • १० भाद्र २०८३, बुधबार १५:५७ प्रकाशित