घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार सेयर बजार परिसूचक नेप्से ५.३० अंक घटेको छ । अघिल्लो दिन १९.१३ अंक घटेको बजार साताको दोस्रो कारोबार दिन पनि घटेरै बन्द भयो । आजको कारोबारपछि नेप्से परिसूचक २५९४ अंकमा कायम भएको छ ।

घटेको बजारमा कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब २३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोडको भयो । ७८ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ । १२ को मूल्य स्थिर रह्यो ।

  • ९ भाद्र २०८३, मंगलवार १५:४० प्रकाशित