गोरखामा जीप दुर्घटना, एक वृद्धको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

गोरखामा जिप दुर्घटनाबाट एक जनाको ज्यान गएको छ । आइतबार बिहान भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप सिरानचोक २ थालाजुङमा दुर्घटना भएको हो ।

गाडी सडकको नालामा खसेर भित्तामा ठोक्किँदा काउलेकी ८१ वर्षीया लालमाया गुरुङको ज्यान गएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

सिरानचोक ७ का ६८ वर्षीय कमलबहादुर घिमिरे, ४८ वर्षीया सीता पाण्डे, लोकबहादुर खड्का, ७३ वर्षीय कुलबहादुर सार्की, वडा नम्वर ६ सिम्लेका ६८ वर्षीया सिता गुरुङ, वडा नम्वर ७ डाँडागाउँ बस्ने २७ की रेजिना नेपाली र उनको २१ महिनाकी छोरी रेविका नेपाली घाइते भएको गोरखा प्रहरीले जनाएको छ ।

  • ४ आश्विन २०८३, आईतवार १४:३० प्रकाशित