राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको १५ सदस्यीय कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने भएको छ । आइतबार बसेको कार्यदल बैठकपछि सचिव महेश बस्नेतले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक डाक्ने विषयमा पार्टीलाई सुझाव दिने सर्वसम्मत निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादलले मस्यौदा गरेको प्रतिवेदनलाई मिलाएर एकीकृत मस्यौदा बनाएर सचिवालयमा पेस गर्ने सहमति भएको छ ।

उनले पार्टीको विशेष महाधिवेशन नगर्ने तर विधान महाधिवेशनका बारेमा छलफल गरेर नियमित विधान अधिवेशनको विषयमा जान सकिने विषय एकीकृत प्रतिवेदनमा उल्लेख गर्ने सहमति बनेको बताए । ‘उठेका सबै कुरालाई तीन जना नेताले एकीकृत प्रस्ताव ल्याउने र साझा प्रतिवेदन पास हुन्छ’, बस्नेतको भनाइ छ ।

उनका अनुसार नेता प्रदीप ज्ञवालीले बनाएको प्रतिवेदनलाई महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनमा समूहबाट आएका सुझाव समेट्ने सहमति कार्यदलमा भएको पनि बताए । उनले ७० बर्षे उमेर हद र २ कार्यकालबारे भोलिका दिनमा एजेन्डा बन्न सक्ने तर नियमित विधान महाधिवेशनबाटै त्यसको छिनोफानो हुने बताए ।

  • ४ आश्विन २०८३, आईतवार १४:४३ प्रकाशित