काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय संयोजन समिति बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार अधिवेशन र महाधिवेशन कार्यतालिको विषयमा महत्त्वपूर्ण निर्णय हुनेछ ।
‘अधिवेशन, महाधिवेशनको कार्यतालिकाको विषयमा महत्त्वपूर्ण निर्णय गर्छ । पार्टीको आन्तरिक सङ्गठनात्मक सवाल, राष्ट्रियताको सवालमा छलफल हुन्छ । यसबाहेक भोटेकोशी बाढीमा सरकारले गरिरहेको खोजी, उद्धार, राहत वितरण तथा पुनर्स्थापना कामको विषयमा समीक्षा हुन्छ’, उनले भने ।












