विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।
कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् । त्यसका लागि सम्पूर्ण तयारी भएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बिच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो । त्यसअगाडि नेपाली काँग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गरिसकेको छ । गएको साउन ९ गते भएको एमाले र नेकपाबिच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो ।











