आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।
हाल (बिहीबार) नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान मधेस, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्ने र देशका बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

शुक्रबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • १९ कार्तिक २०८३, बिहीबार ०७:२६ प्रकाशित