अस्ट्रेलियन डलरको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।

आज (सोमबार) अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको भाउ बढेको छ । अस्ट्रेलियन डलरसहित केही विदेशीको विनिमयदर भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा छ । हिजो युरो १ को खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०९ रुपैयाँ २३ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०९ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९६ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ८ भाद्र २०८३, सोमबार ०७:०२ प्रकाशित