जेन्जी आन्दोलनका शहीदको सम्झनामा भदौ २३ गते स्मृति दिवस मनाउने

केन्द्रभाग मिडिया

file photo

काठमाडौं ।

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेनजी आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ मनाउने बनाएका छन् ।

जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै जेन–जी शहीद श्रीयम चौलागाईंका पिता तथा जेन–जी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले उक्त स्मृति दिवस बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिने जानकारी दिए । स्मृति दिवस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले सरकारले व्यहोेर्नुपर्ने उनको भनाइ छ ।

‘हामी जेनजी आन्दोलनका शहीदको स्मृतिमा यही भदौ २३ गते स्मृति दिवस मनाउँदैछौँ । आन्दोलनको क्रममा जलाइएको बानेश्वरस्थित संसद भवनभित्रै स्मृति दिवस मनाउँदैछौँ । हामी जेन–जी शहीद र घाइतेको परिवार आर्थिक रुपमा त्यति बलियो छैन । त्यसकारण सरकारले यो कार्यक्रमको सबै कुराको स्वामित्व लिओस् । तर आयोजक भने शहीद परिवार र घाइते नै हुन्छन्,’ उनले भने ।

शहीदका परिवार तथा घाइतेहरू आर्थिक रुपमा कमजोर रहेको उल्लेख गर्दै कार्यक्रम व्यव्स्थापनको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरे ।
सरकारले यसअघि नै प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन–जी शहीद दिवसको रुपमा मनाउने निर्णय गरिसकेको छ ।

  • ७ भाद्र २०८३, आईतवार १६:२९ प्रकाशित