आज सुनको मूल्य बढ्यो

केन्द्रभाग मिडिया

 

काठमाडौंं ।

साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७३ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

  • ७ भाद्र २०८३, आईतवार १०:५९ प्रकाशित