पार्टीभित्र एकता कायम गर्न कास्की काँग्रेसको अपिल

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली काँग्रेस कास्कीले पार्टीभित्र एकता कायम गर्न अपिल गरेको छ ।

जनता र कार्यकर्ताको चाहाना नै मजबुद र एकतावद्व काँग्रेस भएकोले त्यसतर्फ विशेष ध्यान दिन अपिल गरेको हो ।

नेपाली काँग्रेस कास्कीको आज सम्पन्न बैठकले त्यस्तो अपिल गरेको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

बैठकले नेपाली काँग्रेसको १५ औ महाधिवेशनको कार्यातालिका अनुसार तोकिएकै समयमा वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशन सफल बनाउन अधिवेशन परिचालन समितिका साथै विभिन्न उपसमितिहरु गठन गरेको छ ।

बैठकमा अहिलेसम्म भएको क्रियाशील सदस्यहरुको अद्यावधिकका विषयमा छलफल भएको थियो ।बैठक नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको थियो ।

  • ५ भाद्र २०८३, शुक्रबार १४:२४ प्रकाशित