काठमाडौं ।
बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले गरिमाको न्यायका लागि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन्। उनीहरूले यस घटनालाई गृहमन्त्री र कानुनमन्त्रीले तत्काल सम्बोधन गर्नुपर्ने मागसमेत गरेका छन्।












