आज सुनको भाउ कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

शुक्रबार सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १५ हजार १ सय रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ ३ लाख १ हजार ६ सय रुपैयाँ थियो ।

चाँदी तोलामा १३० रुपैयाँ बढेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ९८५ रुपैयाँ कायम गरेको छ ।

  • ५ भाद्र २०८३, शुक्रबार ११:५७ प्रकाशित