संविधान संशोधन दुई तिहाइले मात्र हुन सक्दैन : रवि लामिछाने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्रै संविधान संशोधनका लागि पर्याप्त अंक नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै सभापति लामिछानेले रास्वपा सांसदलाई संविधान संशोधनको कुरा यसरी नउठाउन आग्रह गरेका हुन् ।

‘कतिपय साथीहरूले हामी संविधान संशोधन गर्छौं भन्नुभयो । प्रतिनिधिसभामा दुई तिहाइ पुग्दैमा त्यो संविधान संशोधन गर्न पर्याप्त अंक होइन,’ लामिछानेले भने, ‘संविधान संशोधनको लागि प्रतिनिधिसभाको दुई तिहाइले मात्र हुन सक्दैन ।’

यस्ता कुरा बोल्दा विषयवस्तुको संवेदनशीलतामा ध्यान दिनुपर्ने उनले बताए । ‘सरकारलाई सघाउँछौं’ भन्ने कुरामा भने आफूले स्वागत गर्ने बताएका छन् ।

‘स्पिरिटका आधारमा ठीक छ । तर, तथ्यमा, कानुन र संविधान सबै कुरालाई याद गर्नुपर्ने हुन्छ’, उनले भने ।अहिले संविधानमा भएको कुरालाई मान्ने र अधिकतम रूपमा जनताको म्यान्डेटलाई पूरा गर्नेमा प्रतिबद्ध हुनुपर्नेमा लामिछानेले जोड दिए ।

  • ४ भाद्र २०८३, बिहीबार १६:०४ प्रकाशित