काठमाडौं ।
साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २७०० रुपैयाँले घटेको हो ।आज सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।












