काठमाडौं ।
मंगलबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको छ, अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । गत मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७५५ रुपैयाँ कायम भएको छ । गत मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँ थियो ।












