मकवानपुरमा जिप दुर्घटना :गम्भीर घाइते ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये चार जनालाई उपचारका लागि काठमाडौं लगिएको  छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी घाइतेहरुलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको हो ।प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो जिप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको थियो ।

सो जिपमा उच्च अदालत वीरगञ्ज इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए । घाइतेहरुमध्ये गम्भीर अवस्थाका ४ जनालाई काठमाडौं लगिएको हो ।

  • २ भाद्र २०८३, मंगलवार ११:०४ प्रकाशित