काठमाडौं।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजार ६०० र चाँदी ५० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ६६० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔसत चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔसत ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।रासस











