इलाम ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई आइतबार विहान सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
आफूलगायत नेपाली कांग्रेसका नेता रमेश लेखक र अन्य नेताहरूलाई विभिन्न समयमा पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने कोसिस भइरहेको उनको भनाइ छ । सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरीत विभिन्न क्षेत्रमाथि अङ्कुश लगाउन खोजेको उनको टिप्पणी थियो।
सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि टिप्पणी गर्दै उनले एक बालकले क्यारम बोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गरे । मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको उनको दाबी छ।











