आज सुनको मुल्य स्थिर, चाँदीको कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज सुनको मुल्य स्थिर रहेको छ । आज सुनको मुल्य ३ लाख ६ हजार ७ सय रुपैयाँ छ । सुनको मुल्य हिजो पनि यहि रहेको थियो ।
विगत ९ दिनमै सुनको मूल्य प्रतितोला २२ हजार ९ सय रुपैयाँ बढेको छ ।

चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ बढेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ७५० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७४५ रुपैयाँ थियो । विगत ९ दिनमा चाँदी पनि ३७० रुपैयाँ बढेको छ।

  • २८ श्रावण २०८३, बिहीबार १२:१३ प्रकाशित