काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको तयारी पूरा भएको छ । भेलाको तयारी पूरा भएको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार भेलामा साढे चार हजार प्रतिनिधि सहभागी हुने छन् । कांग्रेस नेता डा. शशांक कोइराला नेतृत्वको समितिले २९ साउन देखि ३१ साउनसम्म राष्ट्रिय भेला आयोजना गर्दै छ ।
उनका अनुसार २९ साउनमा सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा भेलाको उद्घाटन हुने तय भएको छ । भेलालाई कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने जनाइएको छ ।
पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन बन्द सत्र चल्ने भएको छ । बन्दसत्र बिहान ९ बजेदेखि १२ बजेसम्म चल्नेछ । दिउँसो खानापछि १ बजेपछि फेरि बन्दसत्र चल्ने कार्यतालिका छ ।













