हालै भएको प्रर्दशनमा ज्यान गुमाएका ४ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जना व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

गृह मन्त्रालयको प्रस्तावमा गरिएको यस निर्णयले पीडित परिवारलाई राहत र न्यायको अनुभूति गराउने सरकारको विश्वास छ ।

  • २६ श्रावण २०८३, मंगलवार १६:५७ प्रकाशित