पोखरामा आज मात्रै १० हजार ग्यास सिलिन्डर वितरण हुदैं : अब किराना पसलबाटै पाइने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा साउन पहिलो सातादेखि अभाव हुदै आएको खाना पकाउने एलपी ग्यास पाउन अब केही सजह हुने भएको छ ।पोखरामा आज मात्रै १० हजार सिलिन्डर ग्यास वितरण हुने भएपछि सर्वसाधारणले ग्यास पाउन केही सहज हुने भएको हो।

जिल्ला प्रशासन कार्यालय कास्कीले डिलरहरुमा ग्यान लिनेको लाइन बढेको भन्दै किराना पसलबाटै ग्यास बिक्री गर्ने निर्णय गरिसकेको छ ।

जिल्ला अनुगमन समिति कास्कीले गगनगौंडाका २ ग्यास कम्पनीमा अनुगमन गरेर आपूर्तिबारे जानकारी दिएको छ । कम्पनीहरूको विवरण अनुसार १० हजार सिलिन्डर पोखराका बजारमा पुग्ने सहायक प्रमुख जिल्ला अधिकारीद्वय चित्राङ्गत बरालले जानकारी दिए ।

गृहलक्ष्मी ग्यासका ३ हजारभन्दा बढी सिलिन्डर पोखरा बजारमा बिक्रीका लागि पठाउने तयारी गरेको छ भने शक्ति ग्यास कम्पनीले २ हजार ५ सय भरि सिलिन्डर पठाउन लागेको छ । पोखरा बाहिरका ग्यास उद्योगहरूमध्ये बाबाले १ हजारभन्दा बढी, जानकी र नेपाल ग्यासले पनि १ हजारभन्दा बढी ग्यास पोखरा भित्र्याउने बरालले जानकारी दिए ।

सोमबारका लागि पनि गृहलक्ष्मीका ४ वटा बुलेटमा ग्यास भारतबाट हिँडिसकेको र आइतबार बेलुका यहाँ आइपुग्ने कम्पनीले जनाएको छ । पोखराका पहिले जसरी किराना पसलहरूबाट नै उपभोक्तालाई ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाएपछि सहजता बढेको प्रशासनले जनाएको छ ।

  • २४ श्रावण २०८३, आईतवार ११:०६ प्रकाशित