एक वर्षमा ६१ हजार कसुर दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी कार्यालयहरूमा पछिल्लो १ वर्षमा ६१ हजार ०१६ वटा कसुर दर्ता भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा ६१ हजार ०१६ अपराधका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (डीआईजी)अबिनारायण काफ्लेले सबैभन्दा धेरै मुद्दा बैङ्किङ कसुरसँग सम्बन्धित रहेको बताए ।

सबैभन्दा धेरै कसुर काठमाडौँ उपत्यकामा दर्ता हुने गरेको छ । काठमाडौँ उपत्यकामा १५ हजार २९७ अपराधका घटना दर्ता भएको छ ।

देशभर बैङ्किङ कसुरसँग सम्बन्धित १२ हजार ९५० वटा जाहेरी दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका ६ हजार २२ वटा जाहेरी दर्ता भएका छन् । कर्णाली प्रदेशमा ३५५ वटा बैङ्किङ कसुरका जाहेरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • २२ श्रावण २०८३, शुक्रबार १७:०३ प्रकाशित