गण्डकीसहित यी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साथै देशका बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात र पहाडी भूभागका थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

 

  • १९ आश्विन २०८३, सोमबार ०८:२२ प्रकाशित