पूर्वप्रधानमन्त्री खनालले घोषणा गरे ‘समाजवादी जागरण अभियान’

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले  ‘समाजवादी जागरण अभियान’ को घोषणा गरेका छन् । नेकपाका वरिष्ठ नेता समेत रहेका खनालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानको घोषणा गरेका हुन् । उनको नेतृत्वमा शनिबार गोप्य भेला भएको थियो । अभियानको पहिलो भेलाबाट पारित प्रस्तावबारे सोमबार पत्रकार सम्मेलनमार्फत जारी दिएका हुन् ।

कम्युनिस्ट आन्दोलनलाई वैचारिक रुपमा पुनर्गठन गर्न अभियान सञ्चालन गरिएको उनले बताए । भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन र पनर्संरचना गर्दै वैचारिक तथा राजनीतिक एकताको आधार निर्माण गर्न सबै कम्युनिस्ट समूहहरूसँग हार्दिक आग्रह गर्दछ ।’

उनले एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने बताएका छन् । भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी कमरेडहरुलाई सही वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा एकताबद्ध गर्दै एकिकृत नेकपा निर्माणको दिशामा योगदान पुर्‍याउन कम्युनिस्ट आन्दोलनका विगतका अनुभव, उपलब्धि, कमजोरी तथा चुनौतीको गम्भीर समीक्षा गर्दै क्रान्तिकारी वैचारिक-राजनीतिक कार्यदिशाका आधारमा संगठनात्मक पुनर्गठन र एकिकरणको प्रक्रिया अघि बढाउन यो अभियान जोडदार आह्वान गर्दछ ।’

-सच्याइएको

  • १९ आश्विन २०८३, सोमबार १७:१२ प्रकाशित