सरकारका कामकारबाहीमाथि कांग्रेसको १० प्रश्न

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधिहरूले लोकतन्त्र, सुशासन र कुटनीतिक मर्यादाको उपहास गरेको आरोप लगाएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारका कामकारबाहीमाथि गम्भीर १० प्रश्न उठाउँदै सरकारको नियतमाथि शंका व्यक्त गरे ।

यस्ता छन् कांग्रेसले सरकारमाथि उठाएका मुख्य १० प्रश्न
१. राज्य शक्तिको प्रयोग गरेर प्रेस स्वतन्त्रतालाई कुल्चने प्रयास किन गरिँदैछ ? के सरकार प्रश्न सोध्नेहरूको मुख थुन्न चाहन्छ ?

२. विपक्षी दलको सभापतिको घर अगाडि गृह मन्त्रालयको सहयोगमा गाडीहरू तेर्स्याएर अवरोध सिर्जना गर्नु कुन खालको लोकतान्त्रिक आचरण हो ?

३. सरकार ‘छाडा साँढे’ हो र ? के संविधानको सीमा र कानुनको सर्वोच्चता सरकार बाहिरका लागि मात्रै हो ? के सरकार कानुनभन्दा माथि रहने ‘छाडा साँढेु बन्न खोजेको हो ?

४. राहदानी ९पासपोर्ट० खरिद प्रकरणमा पारदर्शीता किन देखिएन रु भ्रष्टाचारका प्रमाणहरू बाहिरिँदा पनि सरकार किन मौन छ ?

५. सुशासनको कुरा गर्ने सरकारले सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति निष्पक्ष छानबिन गर्ने आँट किन गर्दैन ?

 ६. अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायलाई राजनीतिक दबाबमा राखेर भ्रष्टाचार लुकाउने प्रयास किन भइरहेको छ ?

७. विकल्प नदिई विदेशस्थित राजदूतहरूलाई फिर्ता बोलाउने तर लामो समयसम्म नियुक्ति गर्न नसक्नु सरकारको कुटनीतिक असक्षमता होइन र ?

८. गृहमन्त्री जोडिएको प्रकरणमा हतार–हतार छानबिन समिति बनाउने तर प्रतिवेदन सार्वजनिक नगर्दै पुनः नियुक्ति दिएर कसलाई जोगाउन खोजिएको हो ?

९. सरकारका मन्त्रीहरूले व्यवसायीलाई धम्की दिने र कानुन हातमा लिएर आतंक मच्चाउने कार्य किन गरिरहेका छन् ? व्यवसायीको ‘हात भाच्ने’ भाषा कति उपयुक्त हो ?

१०. सुनसरी र मधेसमा भएका साम्प्रदायिक र सामाजिक तनावका घटनामा सरकारले बनाउने ुदेखावटीु समितिको सट्टा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारलाई के को डर लागिरहेको छ ?

प्रवक्ता चालिसेले यी प्रश्नहरूको उत्तर सरकारले व्यवहारबाट दिनुपर्ने बताए ।

  • २० श्रावण २०८३, बुधबार १४:३९ प्रकाशित