पोखरा ।
पोखराको सिर्जनाचोकमा रहेको अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले विद्यार्थीहरुका लागि नेपालमै पहिलो पटक ‘सिक्दै कमाउँदै’ मोडल सार्वजनिक गरेको छ ।
पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै कलेजले आफ्ना आईटी, हाइड्रोपावर, खाद्यान्न तथा इन्जिनियरिङ क्षेत्रका भगिनी संस्थाहरु सिस्टर कन्र्सन इन्डसट्रिज सगँको सहकार्यमा विद्यार्थीहरुका लागि ‘सिक्दै कमाउँदै’ मोडलको बारेमा जानकारी दिएको छ ।
अशोका कलेजमा अध्ययन गर्ने विद्यार्थीले सिक्दै कमाउँदैं मोडल अन्तर्गत अध्ययनकै क्रममा पार्ट टाइम जव अर्थात कलेजका साझेदार उद्योगहरुमा पारिश्रमिकसहितको काम गर्ने अवसर पाउने जनाइएको छ ।
यस्तै ‘सिक्दै कमाउँदै’ मोडेल अन्तर्गत आर्थिक आत्मनिर्भरता, नयाँ सफ्टवेयर प्रोजेक्ट र टेक स्टार्टअपका लागि विशेष स्र्टाटअप सेल र मेन्टरसिप कलेजले प्रदान गर्ने पत्रकार सम्मेलनमा बताइएको छ ।
कलेजले हालसालै काठमाडौं विश्वविद्यालय (केयु)बाट आधिकारिक सम्बन्धन प्राप्त गरेको छ । सूचना प्रविधिको क्षेत्रमा गण्डकी प्रदेशमा नयाँ सुरुवात गर्दै कलेजले ४ ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी(बीआइटी) का कक्षा सञ्चालन गर्नका लागि केयुबाट आधिकारिक सम्बन्धन प्राप्त गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
सम्बन्धन प्राप्त गरेको अवसरमा पोखरास्थित परीक्षा केन्द्रमा जुलाई २५, २६( असार ९ र १० गते) सञ्चालनको गरेको काठमाडौं विश्वविद्यालय कमन एड्मिसन टेस्टमा करिब ३ सय विद्यार्थीहरु सहभागी भएको कलेजले जानकारी दिएको छ ।
वीआइटी अध्ययनका लागि आगामी अगस्ट ४ तारिख अर्थात साउन १९ गतेदेखि भर्ना खुल्ने सो अवसरमा जानकारी दिइएको छ । वीआईटीका लागि ३० जनाको सिमित सिट भएकोले अध्ययन गर्न चाहने विद्यार्थीले समयमै सम्पर्क गर्न कलेजले आग्रह गरेको छ । अगस्ट २५ अर्थात भदौं ९ गतेबाट कक्षा सञ्चालन हुने बताइएको छ ।
काठमाडौं विश्वविद्यालयको अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम अन्तर्गत विद्यार्थीहरुले आर्टिफिसियल इन्टेलिजेन्स ( एआई) र मेसिन लर्निङ, आधुनिक प्रोग्रामिङ र सफ्टवेयर डेभलपमेन्ट, नेटवर्क सेक्युरिटी र साइबर सुरक्षा, डाटाबेस सिस्टम र क्लाउड कम्प्युटिङ लगायतका विषयमा दक्षता हासिल गर्ने काठमाडौं विश्वविद्यालयका साइन्स एण्ड टेक्नोलोजीका पंकज दवाडीले बताए ।
कोर्ष ४ वर्षको हुने र फि ९ लाख ६० हजार लाग्ने कलेजले जानकारी दिएको छ ।













