चिनियाँ प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा ७ दिनपछि रिहा

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंबाट चीनको सिमानामा घुम्न जाँदा ड्रोन उडाएको आरोपमा पक्राउ परेका दुई नेपाली युवालाई चिनियाँ प्रहरीले रिहा गरेको छ । चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी स्थित अध्यागमन कार्यालयका अधिकृतको जिम्मा लगाएका हुन् ।

असार १२ मा काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगरलाई चीनसँग सीमा जोडिएको लप्ची क्षेत्रबाट चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । उनीहरू काठमाडौँबाट घुम्न भनेर बिगु हुँदै लाप्ची पुगेका हुन् । ड्रोन उडाएको आरोपमा पक्राउ गरेको भनिएपछि उनीहरूले ड्रोन नउडाएको नेपाली अधिकारीहरूसँग बताएका छन् ।

उनीहरूलाई आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कोदारीका इन्स्पेक्टर केशव केसीले जानकारी दिएका छन् ।  चीनको क्षेत्रमा प्रवेश गरेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको चिनियाँ सुरक्षाकर्मीहरूले नेपाली अधिकारीहरूलाई बताएका छन् । ७ दिन न्यालम काउन्टीमा राखेर उनीहरूलाई शुक्रबार रिहा गरिएको हो ।

  • १९ असार २०८३, शुक्रबार १३:३५ प्रकाशित