स्याङ्जा ।
स्याङ्जामा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गर्ने ट्याक्टरलाई जरिवाना भएको छ ।
हिजो असार १५ गते वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी टोलीले वालिङ नगरपालिका १० भकुण्डेबाट अवैध रूपमा नदिजन्य पदार्थ बालुवा लोड गरी ओसार पसार गरिरहेको अवस्थामा ग १ त ६२६१ नं को ट्याक्टरलाई नियन्त्रणमा लिएको थिएको थियो ।
उक्त ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि वालिङ नगरपालिकाको कार्यालय पठाएकोमा ३ हजार रुपैयाँ जरिवाना गरि छाडेको प्रहरीले बताएको छ ।












