फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

पश्चिमी युरोपको ठुलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार व्यक्तिको ज्यान गएको छ ।

‘जुन २४ देखि अघिल्ला महिनाहरूमा रेकर्ड भएका मृत्युको तुलनामा अनुमानित आँकडा करिब एक हजार अतिरिक्त मृत्यु देखिएको छ,’ पब्लिक हेल्थ फ्रान्सले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।

पब्लिक हेल्थ फ्रान्सले जोखिमको चेतावनी घोषणा गरिएका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको र यस गर्मीका कारण हुने कुल मृत्युमध्ये ८५ प्रतिशत ६५ वर्ष वा योभन्दा माथिका व्यक्तिहरू रहेको जनाएको छ ।

स्वास्थ्य निकायका अनुसार विशेष गरी पेरिस र यसका उपनगरहरू समावेश इल–दे–फ्रान्स क्षेत्रमा सबैभन्दा बढी मृत्यु घरमा नै रहेका समय भएको हो।

स्वास्थ्य क्षेत्रको यी आँकडाहरू प्रारम्भिक रहेको र वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताइएको छ।फ्रान्सका धेरै क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको तातो दिनहरूपछि आइतबार भने फ्रान्सभर औसतमा केही कम गर्मी भएको छ। रासस

  • १४ असार २०८३, आईतवार १७:२२ प्रकाशित