रोपाइँ महोत्सव : पोखरा महानगरपालिकाबाट दुई जना उत्कृष्ट कृषक सम्मानित

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाबाट दुई जना उत्कृष्ट कृषक सम्मानित भएका छन् ।

सम्मानित हुनेमा पोखरा–२१ मा रहेको कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञान बहादुर कार्की र पोखरा–२७मा रहेको हेब्रोन लाइभ स्टक फार्मका सञ्चालक कमला पाल्पाली खड्का रहेका छन् । उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद र सम्मान पत्रले सम्मान गरे ।

पोखराको शिशुवामा आयोजित २१ औं असारे रोपाइँ महोत्सवका अवसरमा महानगरले उनीहरुलाई उत्कृष्ट महानगर कृषकबाट सम्मान प्रदान गरेको हो ।

कृषक कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा र विभिन्न प्रकारका तरकारी बाली र पशुपालन व्यवसाय गरेका छन् । अर्का कृषक खड्काले हेब्रोन लाइभ स्टक फार्म आधुनिक र वैज्ञानिक प्रविधिमा आधारित एक नमुना दुग्ध उत्पादन केन्द्रको रूपमा सञ्चालन गरेकी छन् ।

कुल ३२ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा उन्नत घाँस खेती र आधुनिक गोठ, दूध दुहुने विशेष स्थान, दाना भण्डारण गृह, मल तथा जैविक फोहोर व्यवस्थापन संरचना र प्रशासनिक कक्षहरू निर्माण गरिएको छ ।

  • १४ असार २०८३, आईतवार १७:१२ प्रकाशित