अध्यक्ष ओलीले आयोगसंग मागे जेनजी आन्दोलनको प्रतिवेदन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको प्रतिवेदन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई निवेदन दिएका छन् । अध्यक्ष ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले आयोगमा निवेदन दिएका हुन् । शुक्रबार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गरेको बर्तौलाले बताए ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनको आयोगले अनुसन्धान गरेको थियो । त्यसका आधारमा आयोगले दोषी देखिएका व्यक्तिलाई कारबाही गर्न सरकारलाई सिफारिश गरेको थियो ।

त्यही प्रतिवेदन एमाले अध्यक्ष ओलीले माग गरेका हुन् । उनले अनुसन्धान प्रतिवेदन, निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन आग्रह गरेका छन् ।

त्यस्तै, निवेदनमा आगजनी गर्ने, संवैधानिक अंगहरूलाई समाप्त गर्न उत्तेजना फैलाउने काम र राज्य यन्त्रको अनधिकृत कब्जा गर्ने कार्यमा संलग्न व्यक्तिको विषयमा आयोगको निर्णय मौन रहेको पनि निवेदनमा उल्लेख गरेका छन् ।

  • १३ असार २०८३, शनिबार १९:३५ प्रकाशित