काठमाडौं ।
मन्त्रिपरिषद् बैठक सकिएको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकमा मन्त्रीहरूको न्यून उपस्थिति रहेको थियो ।
स्रोतका अनुसार बैठकले एउटा मात्र निर्णय गरेको र उक्त निर्णय अर्को बैठकपछि सुनाउने सहमति भएको छ। रास्वपाको महाधिवेशन भएकाले धेरैजसो मन्त्रीहरू चितवनमा छन्।
यसअघि मन्त्रिपरिषद् बैठक लगत्तै निर्णयहरू सुनाउने गरिएको थियो।सोही कारण आजको मन्त्रिपरिषद् बैठकको तस्बिर समेत सार्वजनिक गरिएन।











