रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केन्द्रभाग मिडिया

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध  भएका छन् । पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेसंगै उनी निर्विरोध भएका हुन् ।

श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका छन् । पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह(महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

  • १२ असार २०८३, शुक्रबार ०७:१२ प्रकाशित