चितवन ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि मध्यरातको १२ बजेदेखि मतदान जारी छ । विद्युतीय मतदान प्रकृयामा अहिले विहान ७ः०० बजेसम्म एक हजार ८ सय हाराहारीमा मतदान भएको छ ।
रास्वपा केन्द्रीय सदस्य पदमा ९९ पदका लागि २ सय ४ जना भिड्दैछन् । रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार आज मध्यान्ह १२ बजेसम्म मतदान सकाउने तयारी छ । रास्वपाको महाधिवेशनमा ४ हजार दुई सयको संख्यामा प्रतिनिधि मतदाता छन् ।
यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।












