चितवन ।
रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।
प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो ।
यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ । आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।
प्रवक्ता झाका अनुसार ६ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आँकलन पार्टीको रहेको झाले बताए ।










