काठमाडौं ।
नेपाली कांग्रेसले सदस्यता नयाँ वितरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो ।
जिल्लामा खटाइएका प्रतिनिधिहरुलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ ।नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो ।
तोकिएका केन्द्रीय प्रतिनिधिहरूलाई असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ ।
गोरखामा तिलक रानाभाट, लमजुङमा कृष्ण बहादुर के.सी, तनहुँमा कुशुमदेवी थापामगर, मनाङमा मन कुमारी गुरुङ, मुस्ताङमा जगशि उपाध्याय, म्याग्दीमा छन्दबहादुरु पहराई, बागलुङमा जित नारायण श्रेष्ठ, पर्वत रेसम बहादुर बानियाँ, कास्कीमा विष्णुदेवी पाण्डे, स्याङ्जामा दिपक भट्टराई र नवलपुरमा डा.गोपाल दहितले जिम्मा पाएका छन् ।











